संगीतका भक्तको अवसान
ekantipur.com · Tue Feb 27 00:43:05 GMT 2024
काठमाडौँ — भजन शिरोमणिले प्रख्यात भक्तराज आचार्यले सोमबार बेलुका ४ बजेतिर सास फेर्न असहज मानेको कान्छा छोरा स्वरूपराजले थाहा पाइहाले । ‘बुबा गाह्रो भो ?’ स्वरूपले सोध्दा भक्तराज छोरालाई हेरिमात्र रहे । गत दसैंमा घरमा नै लडेपछि भक्तराजलाई श्वासप्रश्वासमा बेलाबेला समस्या पर्दै आएको थियो ।
स्वरूपले बुबाको अक्सिजनको मात्रा बढाउने प्रयासमा लागे तर बढेन । ‘सास फेर्ने कोसिस गर्दागर्दै बुबाले मुख आँ गर्नुभयो । उहाँको शिर मेरो हातमा ढल्कियो,’ सम्भवतः बुबाको अन्तिम सासको साक्षी बनेका सत्यले मुटु गाँठो पार्दै भने, ‘त्यही बेलै बुबा मेरो हातमा बित्नुभएजस्तो लाग्छ ।’ हतारहतार मेडिसिटी अस्पताल लगिएका भक्तराजलाई चिकित्सकले पीसीआर दिए तर बचाउन सकेनन् । ८२ वर्षको उमेरमा नेपाली संगीत क्षेत्रले एउटा उस्तादलाई गुमायो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)