मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रभु क्यापिटलले गर्‍यो आईपीओका लागि अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था

abhiyandaily.com

काठमाडौं (अस) । प्रभु क्यापिटल लिमिटेडले इलामस्थित पुवा–२ जलविद्युत् आयोजना प्रभावितका लागि अनलाइनबाटै आईपीओको आवेदन दिन पाउने सेवा शुरू गरेको छ । पिपुल्स पावर लिमिटेड प्रवर्द्धक रहेको उक्त आयोजनाको प्राथमिक शेयर निष्कासन गर्ने क्रममा आयोजना प्रभावितहरूले अनलाइनबाट आवेदन दिन सक्नेगरी प्रभु क्यापिटलले सेवा सञ्चालनमा ल्याएको हो । त्यसका लागि कम्पनीको वेबसाइटबाट आवेदकले आफ्नो व्यक्तिगत विवरण र तोकिएका कागजातसहित खरीद गर्न चाहेको कित्ता र रकम उल्लेख गरी आवेदन दिन सक्नेछन् । हितग्राही खाता खोल्न बाँकी तथा हितग्राही खाता भएका दुवैले अनलाइनबाट आवेदन दिन पाउने कम्पनीले जानकारी दिएको छ ।

आवेदन दिइसकेपछि लगानीकर्ताले अनलाइनबाट ई–सेवा, खल्ती र प्रभु पेबाट भुक्तानी गर्न सक्ने व्यवस्था समेत रहेको कम्पनीको भनाइ छ । त्यस्तै कनेक्ट आईपीएस वा बैंकमा गई आवेदन फारम भरेर प्राप्त आवेदन नम्बर र आवेदकको नाम राखेर बुझाएको रकमको भौचर अपलोड गरी भुक्तानी सम्पन्न गर्न सकिने बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)