मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

द्रौपदी मुर्मु राष्ट्रपति पदका लागि एनडीएको उम्मेदवार

ratopati.com

झारखण्डका पूर्व गभर्नर र आदिवासी नेता द्रौपदी मुर्मुलाई भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले राष्ट्रपतिको उम्मेदवारको बनाएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले मंगलबार यो घोषणा गरेका हुन् ।

जेपी नड्डाले पहिलो पटक आदिवासी महिला उम्मेदवारलाई प्राथमिकता दिएको बताए । यदि द्रौपदी मुर्मुले राष्ट्रपति चुनाव जितिन् भने उनी देशको पहिलो आदिवासी महिला राष्ट्रपति हुनेछिन् । प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एनडीए गठबन्धनकी द्रौपदी मुर्मुलाई राष्ट्रपति पदका लागि उम्मेदवार बनाएको भन्दै ट्वीट गरेर आफ्नो प्रतिक्रिया दिएका छन् । उनले लेखेका छन्, "श्रीमती द्रौपदी मुर्मु जीले आफ्नो जीवन समाजको सेवा र गरिब, दलित र सीमान्तकृत मानिसहरूलाई सशक्तीकरण गर्न समर्पित गर्नुभएको छ। उनीसँग प्रशस्त प्रशासनिक अनुभव छ ।"

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)