‘मौद्रिक नीतिमा ब्याजदरभन्दा लगानीको वातावरण र पुँजी परिचालनलाई जोड दिनुपर्छ’
nepalnews.com · Sun Jul 05 15:14:54 GMT 2026

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले आगामी आव ०८३/८४ को मौद्रिक नीतिका लागि वर्तमान चुनौती ब्याजदर मात्र नभई लगानीको माग र पुँजी परिचालन रहेकाले त्यसलाई सम्बोधन गर्ने गरी आउनुपर्ने सुझाव दिएको छ।
सिंहदरबारमा आइतबार आयोजित प्रतिनिधिसभाअन्तर्गत अर्थ समिति बैठकमा महासंघका तर्फबाट सुझाव पेस गर्दै अध्यक्ष अन्जन श्रेष्ठले यस्तो धारणा राखेका हुन्। उनले अर्थतन्त्रका बाह्य आर्थिक सूचक सबल रहे पनि आन्तरिक अर्थतन्त्र अझै शिथिल रहेकोतर्फ ध्यानाकर्षण गराए। मौद्रिक नीतिले निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्नेमा उनको जोड थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)