के साँच्चै अरु भन्दा ‘ट्यालेन्ट’ हुन्छन् चस्मा लगाउने मान्छे ?
baahrakhari.com · Sun Jun 19 00:30:00 GMT 2022
सीएनएन । प्रायः मान्छेहरुले चस्मा लगाउने व्यक्ति पक्कै आफू भन्दा बौद्धिक रुपमा क्षमतावान् होलान् भन्ने ठानिरहेका हुन्छन् । यो मान्यता लामो समय अगाडि देखि नै प्रचलित रहेको छ । र विश्वभर चस्मा लगाउनेलाई ‘स्मार्ट’ ठानिन्छ । तर वास्तविकतामा यो कत्तिको साँचो हो त ?
यसबारे कानुनविद् सेराह मेरिउकी भन्छिन्, “चस्मालाई हामीले पढ्ने र पढाइसँग जोडिरहेका हुन्छौँ । यसमा पनि बाल्यावस्थादेखि नै उल्लेखनीय रुपमा चस्मालाई धेरै पढ्नेसँग दाँजिएको हुन्छ । चस्मा लगाउने भन्ना साथ धेरै पढ्ने, धेरै जान्ने, पढन्दन्ते जस्ता अभिव्यक्तिहरु पनि प्रयोग हुँदै आएको पाइन्छ । यसकारण पनि चस्मा लगाउने मान्छेहरुसँग मलाई एकदमै डाहा लाग्थ्यो । तर हरेक पटक आँखाको परीक्षण गराउँदा डाक्टरले मेरो हेराइ ठीक छ भने ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)