सुर्खेतबाट धरान जाँदै गरेको बस र टिप्पर ठोक्किँदा ५ जनाको मृत्यु
farakdhar.com · Fri Apr 16 17:20:56 GMT 2021
सुर्खेतबाट धरान जाँदै गरेको बस शुक्रबार राति बाँकेको कोहलपुरमा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका छन्। कोहलपुर नगरपालिका-१२ रोहिणी खोला नजिक यात्रु बर टिपरसँग ठोक्किँदा ५ जनाको मृत्यु भएको हो।
दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिइएको छ। सुर्खेतबाट धरान जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजेतिर विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएको हो ।