भारतले जित्यो इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिज
nepallive.com · Mon Mar 29 00:35:00 GMT 2021
काठमाडौं – घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला पनि जितेको छ। अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो।
योसँगै भारतले इंग्ल्यान्डविरुद्ध तीन वटै क्रिकेट फर्म्याटको सिरिज जितेको छ। यसअघि टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला जितेको थियो। यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो। त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले जितेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)