प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने विद्यार्थीमाथि प्रहरीको धरपकड, केही घाइते (भिडियो)
janaaastha.com · Wed Jun 30 16:25:08 GMT 2021
प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा पाँच जना विद्यार्थी नेता घाइते भएका छन् । प्रहरीले ११ जना पक्राउ गरेर अहिले भर्खरै छोडेको छ । पाँच वटा विद्यार्थी संगठनको आज बेलुकी सदरमुकाम खलंगाको विरोध कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले विद्यार्थी नेताहरुलाई समातेको थियो ।
पुत्ला जलाउने क्रममा प्रहरीको लाठी लागेर अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशील बिष्ट, अखिल क्रान्तिकारीका जिल्ला सचिव नारायण केसी, अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष सोमपाल कामी, केन्द्रिय सदस्य सुन्दर शर्मा र जिल्ला नेता बिशाल बिस्ट घाइते हुनुभएको छ । उहाँहरुमध्ये सुशील बिष्ट र केसीको टाउकोमा चोट लागेको छ भने सोमपालको हातमा घाउ भएको विद्यार्थी नेता भावना शर्माले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)