मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध

ratopati.com · Thu Jun 04 06:22:18 GMT 2026

सप्तरी । छिन्नमस्ता गाउँपालिकाको कार्यालयमा एक समूहले अराजक गतिविधि गरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले आपत्ति जनाएका छन् । बुधबार कार्यालय समयमा एक समूहले ५७ वर्षीय प्रमुख प्रशासकीय अधिकृत केशव कुमार झामाथि कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले बिहीबार प्रेस विज्ञप्तिमार्फत भर्त्सना गरेका हुन् ।

उक्त समूहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी दुर्व्यवहार गर्नुका साथै कुर्सीबाट लडाउने, अपशब्द प्रयोग गर्ने र कार्यालयको झ्यालका सिसा लगायतका सार्वजनिक सम्पत्ति तोडफोड गरी ठूलो क्षति पुर्‍याएको विज्ञप्तिमा उल्लेख छ । कर्मचारीहरूले दोषीमाथि कारबाहीको माग गर्दै कडाभन्दा कडा कारबाही गर्न स्थनीय प्रशासनसँग माग गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय