मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मछिन्द्रमाथि आर्मीको बदला

ekantipur.com · Fri Mar 10 01:07:47 GMT 2023

काठमाडौँ — मछिन्द्र क्लब तीन वर्षअघि जित्नैपर्ने अन्तिम खेलमा आर्मीलाई १–० ले हराएर पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थियो । मछिन्द्रले गत वर्ष उपाधि रक्षा गर्ने क्रममा दोस्रो चरणमा आर्मीविरुद्ध गोलरहित बराबरी खेलेको थियो । यो सिजन २०७९–८० मा पनि आर्मी र मछिन्द्रको भेट दोस्रो चरणमै भयो । यसपल्ट भने आर्मीले २–० ले बाजी मार्‍यो ।

च्यासल रंगशालामा बिहीबार दोस्रो हाफमा दीपक गुरुङ र नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई लिगमा मछिन्द्रविरुद्ध चार वर्षयता पहिलो जित दिलाएका हुन् । आर्मीले २०७५ सालको अन्तिम खेलमा मछिन्द्रलाई ३–० ले पराजित गरेयता लिगमा पहिलो जित हात पारेको हो । सँगै आर्मीले शीर्ष श्रेणीको लिगमा अपराजित खेल १५ पुर्‍याएको छ । टोलीको २०७६ मा अपराजित यात्रा मछिन्द्रले १५ खेलमा टुंग्याइदिएको थियो । उपाधिमा ह्याट्रिक गर्ने योजना बनाएको मछिन्द्र भने लिगमा चार वर्षपछि पहिलोपल्ट लगातार दुई खेल हारेको हो । टोल्लीाई आइतबार जावलाखेल युवा क्लबले ३–१ ले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)