निहारिका प्रकरणः आरोपित शिवराज श्रेष्ठ पक्राउ
rajdhanidaily.com · Tue Aug 16 23:00:19 GMT 2022
काठमाडौं । निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले श्रेष्ठलाई मंगलबार साँझ धनुषाबाट पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी टेकबहादुर कुँवरले जानकारी दिए ।
‘शिवराज श्रेष्ठलाई उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय धनुषा टोलीले नियन्त्रणमा लिएको हो, थप विवरण मागेका छौं,’ केन्द्रीय प्रहरी प्रवक्ता राईले मंगलबार राति राजधानी सँग भने । धनुषाकी राजपुतले ‘आफूमाथि श्रेष्ठले बलात्कार गरेको र बलात्कारबाट बच्चा जन्मिएको’ आरोप लगाउँदै आएकी छन् । उनले आरोपी श्रेष्ठलाई कारबाही माग गर्दै ‘बच्चाको डीएनए परीक्षण’ माग गर्दै आएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)