किसानले सडकमै दूध पोखे
lokaantar.com
चितवनमा किसानले आज केन्द्रीय बस टर्मिनल चोकमा दूध पोखेका छन् । उनीहरुले लामो समयसम्म भुक्तानी नपाएको र जिल्लाबाट उत्पादित दूधको बजारीकरणमा समस्या भएको भन्दै सडकमा दूध पोखेर विरोध जनाएका हुन् । उनीहरुले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका थिए ।
विरोध प्रदर्शनअघि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घमा आवद्ध किसानले दूध तथा दुग्धजन्य पदार्थ बिक्री–वितरणमा सहज गर्नुपर्ने र किसानको दूधको भूक्तानी नियमित उपलब्ध गराउनुपर्ने माग राखेका थिए । जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ जसमध्ये एक लाख ५० हजार लिटर दूध जिल्लाबाहिर बिक्री गर्ने गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)