मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आगामी बजेटमा सरकारलाई उवा महासंघको सुझाव : आयकरको सीमा हेरफेरदेखि ट्याक्स होलिडेसम्म

abhiyandaily.com

काठमाडौं । आयकरको सीमा हेरफेरदेखि ट्याक्स होलिडेसम्मको सुविधा आगामी बजेटमा ल्याउन निजीक्षेत्रको प्रतिष्ठित संस्था नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई सुझाव दिएको छ । आगामी आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट एवं आर्थिक ऐनका सम्बन्धमा आइतवार सरकारलाई सुझाव दिन आयोजित छलफलका क्रममा व्यवसायीले व्यक्तिगत आयकरको सीमा बढाउनुपर्ने सुझाव दिएका छन् । व्यक्तिगत आयकरमा अविवाहितलाई ७ लाख र विवाहितको हकमा ८ लाखको कर छूटको सीमा गर्नुपर्ने सुझाव दिएको छ भने पारिश्रमिक आयकरको वर्तमान स्ल्याब न्यूनीकरण गरी ५, १५ र २५ प्रतिशत गरिनुपर्ने व्यवसायीको माग छ ।

बैंक तथा वित्तीय क्षेत्रमा कायम रहेको ३० प्रतिशत करको दरलाई घटाउनुपर्ने, प्रोप्राइटरसिप फर्मलाई सबचार्ज नलाग्ने व्यवस्था गर्नुपर्ने र कार्गो व्यवसायमा लाग्दै आएको टीडीएस हटाउनु सरकारलाई व्यवसायीको सुझाव छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)