पत्रकारिता र निजामती
rajdhanidaily.com · Mon Oct 02 23:41:43 GMT 2023
‘चार विरोधी अखवारको भय १ हजार बेयोनटको भयभन्दा बढ्ता हुन्छ’ भन्ने नेपोलियन बोनापार्टको भनाइ आज पनि उत्तिकै सान्दर्भिक छ । राज्यको चौथौ अंग मानिने प्रेस आज पनि सुशासन, पारदर्शीता र कानुनीराजका लागि खबरदारी गरी नै रहेको छ । पछिल्लोपटक सुन प्रकरण मात्र होइन सत्ता र प्रतिपक्षीका ज्यादतीविरुद्ध पनि प्रेस जगत् जनतालाई सुसूचित गर्ने काममा चुकेको छैन । पत्रकारिताको वास्तविक मर्म र धर्म यही हो पनि ।
यसो त राजधानीबाटै प्रकाशित ‘बाँकेको युुगधारासँग पनि मेरो’सम्बन्ध रह्यो । लेख, रचनाका लागि भने चर्चा, नयाँ झिल्को, मातृभूमि, समीक्षा, राष्ट्रपुुकार, देशान्तर र नयाँ सन्देशसम्मको पहुुँचमा म थिएँ । गोरखापत्रमा भने धेरै पछि जोडिएँ । हिमाली आवाजका सम्पादक माधव शर्मा, बाँकेको युुगधारामा प्रेम कैदी (राजनीतिक विश्लेषक) र विमर्शको टिम पदम ठकुराठी, हरिहर बिरही, जनार्दन आचार्य समेतको संगत गर्न पाउँदाको आनन्द अलग्गै हुन्थ्यो । पत्रकारितामा वजन थियो उनीहरूको । विज्ञापन उठाएको पैसामध्ये ५० प्रतिशत उनीहरूलाई ड्राफ्ट बनाएर पठाइदिनु पर्ने, बाँकी ५० प्रतिशत आफ्नो पारिश्रमिक त्यो बेलाको नियम नै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)