मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

विश्वका प्रभावशाली एक सय महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट

Ujyaaloonline.com · Wed Dec 08 01:07:21 GMT 2021

काठमाण्डाै – बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने विश्वका एक सय प्रभावशाली महिलाको सूचीमा यो वर्ष आधा नाम अफगानिस्तानबाट लिइएको जनाएको छ ।

बितेको २० वर्षमा अफगानिस्तानमा महिला सशक्तिकरणमा भएको प्रगति तथा हालै तालिबान सत्तामा फर्किएपछि महिला अधिकारमा भएको र हुन सक्ने सङ्कुचनलाई ध्यान दिएर आधा सूचीमा अफगानिस्तान वा अफगानिस्तानसँग जोडिएको महिलाको नाम रहेको बीबीसीले जनाएको छ । यो वर्षको सूचीले अफगान महिलाहरूले प्रस्तुत गरेको साहस तथा उनीहरूको उपलब्धिलाई सम्मान गरेको जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)