भारतबाट कुवेत पुगेकी झापाकी अम्बिका १४ वर्षदेखि सम्पर्कविहीन
thahakhabar.com
झापा : भारतको बाटो हुँदै वैदेशिक रोजगारीका लागि खाडी मुलुक कुवेत पुगेकी साबिक पृथ्वीनगर गाविस– ५ हाल भद्रपुर नगरपालिका– २ निवासी ३१ वर्षीया अम्बिका गिरी १४ वर्षदेखि सम्पर्कविहीन छिन्।
सगरमाथा मावि पढदै गरेकी अवस्थामा घरकी कान्छी छोरी अम्बिका १६ वर्षकै उमेरमा भारतको दिल्ली एयरपोर्टबाट कुवेत पुगेकी थिइन्। घर छेउकी तारादेवी लिम्बुले २०६४ सालमा अम्बिकासहित गाउँघरकै अन्य महिलाहरूलाई भारतको बाटो हुँदै कुवेत पुर्याएकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)