बाढीले इलाममा पक्की पुल बगायो
ekantipur.com · Wed Oct 20 00:38:51 GMT 2021
इलाम — बाढीले इलामको देउमाई-फाकफोक खोला दोभानको पक्की पुल बगाएको छ । माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने उक्त पक्की पुल मंगलबार राति बगेको माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
त्यस्तै बाढीले नजिकै रहेको गजुरमुखीधाम–बारुङ जोड्ने पक्की पुल पनि क्षतिग्रस्त बनाएको उनले जनाएका छन् । माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीधाम आसपास देउमाई र फेवा खोलाले पनि ठूलो क्षति गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)