अस्पताललाई ७० लाखको उपकरण सहयोग
gorkhapatraonline.com · Fri Nov 21 17:24:08 GMT 2025

लायन्स क्लवले रामपुर अस्पताललाई ७० लाख रुपियाँ बराबरको उपकरण हस्तान्तरण गरेको छ । लायन्स क्लव अफ बुटवल स्टार र लायन्स क्लव अफ रामपुर पाल्पाको समन्वयमा अस्पतालको प्रयोगशालाका लागि आवश्यक उपकरण प्रदान गरेको हो।
अस्पतालको प्रयोगशाला सेवालाई छिटो र प्रभावकारी बनाउन पूर्ण स्वचालित हेमाटोलोजी विश्लेषक उपकरण, मुत्र परीक्षण मेसिन, ईएसआर परीक्षण मेसिन र ईलेक्ट्रोलाईट विश्लेषक मेसिनसहित चारवटा उपकरण दिएको हो । शुक्रबार उपकरण हस्तान्तरण गर्नुहुँदै रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुर अस्पतालको सहजताका लागि क्लवले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सामग्री केवल रामपुरबासीलाई मात्र नभई समग्र कालीगण्डकी वेशीका मानिसलाई महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)