बाढीले औषधि गुमाएका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा
nagariknews.nagariknetwork.com · Sun Sep 06 05:00:07 GMT 2026

भोटेकोशी बाढीका कारण नियमित सेवन गर्दै आएका औषधि गुमाएका ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
नुवाकोटको विदुर नगरपालिका-३, सिर्खलीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सचिवालयले दिएको जानकारी अनुसार शिविरबाट २०० जनाले स्वास्थ्य सेवा लिएका छन्। शनिबार सेवा लिनेमा १०१ जना ज्येष्ठ नागरिक थिए। तीमध्ये ४८ महिला र ५३ पुरुष रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)