मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

२४ वर्षपछि विश्वकपमा फर्किएको टर्की अस्ट्रेलियासँग स्तब्ध

ratopati.com · Sun Jun 14 05:58:37 GMT 2026

भ्यानकुभर । फिफा विश्वकपमा २४ वर्षको अन्तरालपछि फर्किएको टर्किए (टर्की) पहिलो खेलमा नै अस्ट्रेलियासँग स्तब्ध भएको छ । समूह डी अन्तरगत भ्यानकुभरको बीसी प्यालेसमा भएको खेलमा टर्की २-० गोलले पराजित भएको हो ।

खेलको पहिलो हाफको २७ औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले काउन्टर अट्याकमा उत्कृष्ट गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन ।

दोस्रो हाफमा अस्ट्रेलियाले रक्षात्मक खेल प्रदर्शन गर्‍यो । टर्कीले खेलमा फर्कने प्रयास गरेपनि अस्ट्रेलियाको डिफेन्सलाई चिर्न सकेन । यसैबिच ७५ औँ मिनेटमा कनर मेटकाल्फेले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।

समूहको अन्य खेलमा अमेरिकाले पाराग्वेलाई ४-१ गोल अन्तरले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय