गाउँपालिकामा डेढ सय मोतीबिन्दुपीडित
gorkhapatraonline.com · Sun Dec 03 06:52:21 GMT 2023
दोलखा समाचारदाता
दोलखा, मङ्सिर १७ गते । दोलखाको गौरीशङ्कर गाउँपालिकाका विभिन्न स्थानमा गरिएको निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट झन्डै डेढ सय मोतीबिन्दुका रोगी भेटिएका छन् । नेपाल नेत्र सङ्घ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोग र गाउँपालिकाको संयुक्त आयोजनामा भएको चारदिने निःशुल्क मोतीबिन्दु छनोट शिविरबाट १३० मोतीबिन्दुका रोगी भेटिएका गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)