सुदूरपश्चिममा नागरिक उन्मुक्तिलाई कांग्रेसबाट मुख्यमन्त्रीको अफर, सकसमा गठबन्धन
baahrakhari.com · Tue Jan 10 00:35:00 GMT 2023
धनगढी । नागरिक उन्मुक्ति पार्टीले निर्णय नलिँदा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनलाई सरकार गठन गर्न कठिन हुने देखिएको छ । सुदूरपश्चिममा सरकार गठबन्धनका लागि नागरिक उन्मुक्ति निर्णायक दलका रूपमा देखिन्छ । अवस्था यस्तो छ कि सुदूरपश्चिममा नागरिक उन्मुक्तिले जसलाई समर्थन गर्छ उसैको सरकार बन्ने देखिन्छ ।
नागरिक उन्मुक्तिले केन्द्रमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकालाई समर्थन गरेको छ । तर, रेशम चौधरीलाई रिहा गर्ने विषयमा गठबन्धन सकारात्मक नदेखिएपछि प्रचण्डलाई विश्वासको मत दिने/नदिनेबारे उसले निर्णय गरिसकेको छैन । अर्कोतिर सोमबारदेखि सुरु भएको प्रतिनिधि सभा बैठकमा नागरिक उन्मुक्ति प्रतिपक्षी दलको बेन्चमा बसेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)