मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लगानी बोर्डको सीईओ पदका लागि ज्ञवालीसहित ५ जना सर्ट लिस्टमा

barnanmedia.com · Tue Sep 03 22:07:55 UTC 2024

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये ५ जना सर्ट लिस्ट (संक्षिप्त सूची)मा परेका छन् ।

२७ साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सीईओका लागि आवेदन माग गरेको थियो । त्यसअनुसार आवेदनहरुको वैधता अध्ययन गरेर ५ जना सूचीकृत भएका हुन् ।सीईओका लागि ८ जनाले आवेदन दिएकोमा ५ जनालाई कार्यालयले संक्षिप्त सूचीमा समावेश गरेको छ । यसअघिका सीईओ सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन मागेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)