बागलुङको बरेङ गाउँपालिका अध्यक्षमा जनमार्चाका शर्मा निर्वाचित
onlinekhabar.com · Mon May 16 18:16:00 GMT 2022
२ जेठ, बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । नवनिर्वाचित शर्मा गाउँपालिकाका निवर्तमान अध्यक्ष हुन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार शर्मा तीन हजार ६०१ मत प्राप्त गरी निर्वाचित भएका हुन् । अध्यक्षमा नेकपा एमालेका प्रदीप थापाले दुई हजार २३२ मत प्राप्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)