मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई करोडसम्मको कर्जामा पुनर्तालिकीकरण सुविधा

gorkhapatraonline.com · Sat Feb 25 00:28:11 GMT 2023

काठमाडौँ, फागुन १३ गते । नेपाल राष्ट्र बैङ्कले साना तथा मझौला उद्योग व्यवसायमा प्रवाह भएको दुई करोड रुपियाँसम्मको कर्जालाई पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्ने सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशिका, २०७९ मा संशोधन तथा परिमार्जन गरेर सो व्यवस्था गरेको हो ।

साना तथा मझौला उद्योग व्यवसाय सञ्चालनलाई सहजीकरण गर्न बैङ्क तथा वित्तीय संस्थाबाट प्रवाह भएको दुई करोड रुपियाँसम्मको कर्जालाई सम्बन्धित ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी एक पटकका लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल गरी कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न सकिने व्यवस्था गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)