आलोचना भएपछि मध्यरातमा महतोको स्पष्टीकरण ः राष्ट्रिय एकता र अखण्डतामा प्रतिबद्ध छु
nepallive.com · Sun Jun 06 00:15:00 GMT 2021
काठमाडौं– आफ्नो विवादास्पद अभिव्यक्तिले आलोचित भएका उपप्रधानमन्त्री राजेन्द्र महतोले आफू राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति प्रतिबद्ध रहेको जनाएका छन्।
शुक्रबार उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रालयको पदभार ग्रहणका क्रममा उनले नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउन लागिपर्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि महतोले शनिबार राति एक विज्ञप्ति जारी गर्दै अभिव्यक्ति सच्याएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)