चार महिनामै पाँच हजार ड्रोन आयात, भारतमा तस्करीको आशंका
nayapatrikadaily.com · Fri Jun 03 00:12:00 GMT 2022
विदेशी मुद्रा सञ्चितिमा चाप बढिरहेका वेला नेपालमा ठूलो संख्यामा ड्रोन आयात गरी भारतमा तस्करी गर्ने प्रवृत्ति बढेको छ । भारतमा ड्रोन आयातमा प्रतिबन्ध गरिएपछि नेपालबाट तस्करी हुन थालेको हो ।
भन्सार कार्यालयहरूबाट प्राप्त तथ्यांकअनुसार नेपालमा ड्रोनको आयात अत्यधिक र अस्वाभाविक देखिएको छ । पछिल्लो चार महिनामा मात्र करिब पाँच हजार ड्रोन आयात भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट मात्र करिब तीन हजार ड्रोन आयात भएको छ । त्यस्तै, वीरगन्ज र विराटनगर भन्सारबाट एक–एक हजार ड्रोन आयात भएको छ । अन्य भन्सार कार्यालयबाट पनि ड्रोन आयात भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)