केदार श्रेष्ठलाई युवावर्ष मोती पुरस्कार प्रदान
rajdhanidaily.com · Tue Sep 03 23:28:31 UTC 2024

काठमाडौं । १५९ औं मोती जयन्तीको अवसरमा २०८१ को अबसरमा ‘युवावर्ष मोती पुरस्कार–८१’ बाट युवा बालसाहित्यकार तथा रङ्गकर्मी केदार श्रेष्ठलाई पुरस्कृत गरिएको छ । गजलकार मोतीराम भट्टको जन्मजयन्तीको अबसर पारेर सोमबार कुशे औंशीको दिन काठमाडौंमा एक समारोहबीच श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिएको हो । पुरस्कार स्वरुप उनलाई प्रा.डा. माधवप्रसाद पोखरेलले ४० हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरे ।
राष्ट्रिय युवा सेवा कोषद्धारा गठित प्रा. रामकुमार पाँडेको संयोजकत्वको मूल्याङ्कन समितिले केदारलाई पुरस्कारको लागि चयन गरेको हो,‘ धादिङका श्रष्टा केदार श्रेष्ठले बालसाहित्य र रङ्गमञ्चमार्फत नेपाली भाषा, कला, साहित्य र संस्कृतिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा श्रीवृद्धिका लागि योगदान पु¥याएले यो पुरस्कार प्रदान गरिएको हो ।’ पाँडेले भने । ४० वर्ष ननाघेका युवा सर्जकलाई नियमित प्रदान गरिदैँ आएको ‘युवावर्ष मोती पुरस्कार’ पहिलोपटक साहित्यकार दैवज्ञराज न्यौपानेलाई प्रदान गरिएको उनले स्मरण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)