एभरेष्ट इन्जिनियरिङ कलेजमा तीन दिने शोध लेखन तालिम सम्पन्न
ajakoartha.com · Thu May 21 10:42:00 GMT 2026

काठमाडौं- देशकै उच्च प्राविधिक कलेजहरूमा अब्बल मानिएको ललितपुर सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा आज तीन दिने शोध लेखन तालिम सम्पन्न भएको छ ।
अनुसन्धान नगरी देश विकास सम्भव छैन भन्ने तथ्य स्थापित भइसकेको वर्तमान परिप्रेक्ष्यमा अनुसन्धानको परिणाम प्रकाशन पनि उत्तिकै महत्वपूर्ण रहेको कुरा युरोप अष्ट्रियाको क्रेम्स शहरमा रहेको आईएमसि विश्वविद्यालयमा लामो समय देखि अध्यापन तथा अनुसन्धानमा संलग्न प्रा.डा. सरिता पौडेलले जानकारी दिए। तालिममा स्रोत व्यक्तिको रूपमा प्रा.डा. सरिता पौडेलले शोध लेखनमा सहयोगी लिङ्कहरू प्रयोग गर्ने विधिबारे जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)