मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आर्सनलको खराब लय कायमै

ekantipur.com · Mon Jan 01 01:10:58 GMT 2024

लन्डन — आर्सनलले फेरि एकपल्ट इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ । उसलाई फुलहमले आइतबारको खेलमा २–१ ले पराजित गर्‍यो । आर्सनलले बुकायो साकाको गोलले अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् ।

फुलहमका लागि राउल जिमिनेज र बबी डेकारडोभा रेडले गोल गरे । फुलहमले भने यो सफलतासँगै लिगमा लगातार तीन खेलको हारको क्रममा पूर्ण विराम लगाएको छ । आर्सनल २० खेलबाट ४० अंकमा चौथो स्थानमा छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)