मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विकासमा कुरा नयाँ, ढर्रा पुरानै

rajdhanidaily.com · Wed Sep 08 23:25:34 GMT 2021

भाषण र कुरा नयाँ गर्ने तर काम गराइको शैली र आनीबानी पुरानै हुने भएकाले नेपालले विकास निर्माणमा गति लिन सकिरहेको छैन । पछिल्ला दिनहरूमा त झन् यो ओरालो झरिरहेको छ । विकास तथा पूर्वाधार निर्माणतर्फको पँुजीगत खर्च हरेक वर्ष क्रमशः ओरालो लाग्दै गर्दा यसले चिन्तित तुल्याएको छ । सरकारले विकास निर्माणमा राजनीतिक हिसाबले तत्परता देखाए पनि व्यवहारमा यसको ठीक उल्टो काम हुने तदनुरूपको परिणाम आउने गरेको छ । गरिएको भाषण, प्रतिबद्धता र कुराअनुसार व्यवहारमा पनि अनियमितता हटाउँदै पुँजीगत खर्च वृद्धि गर्नुपर्नेमा काम यसको ठीक उल्टो हुँदै गएको छ । हरेक वर्ष महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाउने क्रम बढेर गएको छ । आर्थिक अनियमितताको चाङ लाग्ने गरिरहेको छ । देशमा जनताको व्यवस्था आएको छ । जनताका छोराछोरी सत्तासीन हुन पुगेका छन् । शासनको बागडोर हिजोको जस्तो राजामहाराजाको हातमा छैन । दलीय व्यवस्था छ र जनताका छोराछोरी जनताद्वारा प्रत्यक्ष चुनिएर देश हाँक्ने हैसियतमा पुगेका छन् । तर पनि राजनीतिक दल र तिनका नेताहरूको सोच, आनीबानी र व्यवहारमा फरक नआउनाले देशमा विकासले गति लिन सकिरहेको छैन ।

देशमा विकासका लागि तालुक मन्त्रालयका रूपमा रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मात्र पछिल्ला तीन वर्षको खर्च प्रगति हेर्ने हो भने यसले गिर्दो पुँजीगत खर्चको तथ्यांक देखाइरहेको छ । यो ओरालो लागेको खर्च अनुपातलाई नियाल्ने हो भने पनि नेपालमा भनेकोजस्तो विकास भइरहेको छ कि छैन भन्ने कुरा स्पष्ट देखा पर्छ । आर्थिक वर्ष २०७४-७५ मा भएको ९२ दशमलव ७० प्रतिशत खर्च प्रगति आर्थिक वर्ष २०७५-७६ मा भने ७६ दशमलव ६९ प्रतिशतमा खुम्चन पुगेको छ । पछिल्लो समयमा २०७६-७७ को खर्च प्रगतिलाई हेर्ने हो भने त यो निकै निराशाजनक छ । यो आर्थिक वर्षमा कुल जम्मा ५३ दशमलव ४५ मात्र खर्च भएको देखिएको छ । तुलनात्मक अध्ययन गर्दा यी तीन आर्थिक वर्षहरूमा खर्च प्रगति लगभग पुरापुरबाट आधाआधीमा झर्न पुगेको छ । आर्थिक वर्ष २०७४-७५ को तुलनामा आर्थिक वर्ष २०७५-७६ मा आउँदा पुँजीगत खर्चमा १६ दशमलव शून्य १ प्रतिशतले कमी आएको छ । त्यसैगरी, ओरालो लाग्ने क्रममा २०७५-७६ को तुलनामा २०७६-७७ मा २३ दशमलव २४ प्रतिशतले पुँजीगत खर्च थप ओरालो लागेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)