मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुणस्तरीय औषधी उत्पादनमा जोड

gorkhapatraonline.com · Wed Mar 06 00:16:22 GMT 2024

काठमाडौँ, फागुन २३ गते । मुलुकलाई औषधीमा आत्मनिर्भर बनाउन गुणस्तरीय औषधी उत्पादन गर्न सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाले नेपाललाई औषधीमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको ‘औषधीमा गुणस्तर, मापदण्ड र कानुनी प्रावधान’ विषयक कार्यक्रममा उहाँले त्यसका लागि नेपाली औषधी उत्पादकले गुणस्तरीयता ध्यान दिने र सरकारले उद्योगहरूलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

सचिव डा. देवकोटाले सरकारले निःशुल्क उपलब्ध गराउने ९८ प्रकारका औषधी नेपाली उद्योगले उत्पादन गरेको औषधी खरिद गर्नुपर्ने बताउनुभयो । त्यसका लागि औषधी व्यवस्था विभागसँग समन्वय हुनुपर्ने बताउनुभयो । उहाँले आमसर्वसाधारणले स्वास्थ्य भन्नेबित्तिकै औषधीलाई नै पहिलो नम्बरमा राख्ने गरेको भन्दै औषधीमा आत्मनिर्भरताका लागि उत्पादन, आयात, गुणस्तर, नियमन र स्थिरता हुनुपर्ने बताउनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)