स्याङ्जामा विपद् सहायता कक्ष स्थापना
rajdhanidaily.com · Wed Jun 05 23:29:54 UTC 2024

स्याङ्जा । मनसुन आउनु पुर्व स्याङ्जाले विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय स्याङजाले मनसुनजन्य विपद् प्रभावितहरुको खोज उद्धार तथा राहत सम्वन्धी छलफलबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजनमा जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको हो । गृह मन्त्रालयले जिल्लामा विपद् सहायता कक्ष स्थापना गर्नु भन्ने निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालय स्याङ्जा उक्त कक्षको स्थापना गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन् ।
जिल्लाका ११ ओटै स्थानीयतह, सुरक्षा समिति, जिल्ला स्थित उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्श, पत्रकार महासंघ र नागरिक समाज लगायतको सहभागितामा बसेको छलफलले जिल्ला विपद् व्यवस्थापन कक्ष सगै सबै पालिकामा पनि विपद् कक्षहरु संचालन गर्ने निर्णय भएको प्रजिअ नेपालले बताइन् । छलफलका क्रममा अहिले सम्म विपद् व्यवस्थापनमा पालिकाले गरेका गतिविधि र आगामी दिनमा गर्न सकिने कामका ’boutमा प्रगति विवरण पेश गरेका थिए । गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य महाशाखाले दिएको परिपत्र अनुसार मनसुनजन्य प्रकोप आउन अगाडी तयारी अवस्थामा रहन र जनधनको क्षतीको संरक्षण गर्न अपनाउनुपर्ने विधिका बिषयमा सर्तक रहन अनुरोध गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)