हेटौंडा पुगेर बालेनले गरे गुनासो
lokaantar.com · Mon Jun 13 16:59:00 GMT 2022
काठमाडौं महानगरपालिकाका मेयर (प्रमुख) बालेन शाहले बागमती प्रदेशले आयोजना गरेको कार्यक्रममा काठमाडौं महानगरपालिकाको गालीमात्रै गरिएको भन्दै गुनासो गरेका छन् । ‘बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर धेरै खुशी लाग्यो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘धन्यवाद !’
सोमबार र मंगलबार बागमती प्रदेश सरकारले प्रदेश भित्र रहेका सम्पूर्ण स्थानीय तहहरूका प्रमुख र उपप्रमुखहरूलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको छ । सोही कार्यक्रममा सहभागी हुन शाह उपमेयर सुनिता डंगोलसहित हेटौडा पुगेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)