लन्डनमा २६ वर्षीय भारतीय युवकको हत्या : सात जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jun 14 06:12:24 GMT 2026

बेलायतको राजधानी लन्डनमा २६ वर्षीय भारतीय मूलका युवक गुरभेज सिंहको छुरा प्रहार गरी हत्या गरिएको छ। हत्या गरेको आशंकामा प्रहरीले घटनास्थलबाट २० देखि ३० वर्ष उमेरका सात जना पुरुषलाई पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यम का अनुसार घटनाको जानकारी पाएलगत्तै प्रहरी र एम्बुलेन्स टोली घटनास्थलमा पुगे पनि गम्भीर घाइते भएका उनलाई बचाउन सकेन्। आक्रमणमा अर्का एक व्यक्ति पनि घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको र अहिले अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)