मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

हिरो मोटोकर्पको "द फर्स्ट २१० एक्सपिरियन्स" : अविस्मरणीय एड्भेन्चरको अनुभव

nepalviews.com · Sun Jun 14 06:17:48 GMT 2026

भक्तपुर । सिजी मोटर्स-हिरोले भक्तपुरको सल्लाघारी मैदानमा सर्वोत्कृष्ट र बहुप्रतिक्षित हिरो एक्सपल्स २१० (Hero Xpulse 210) मा केन्द्रित एक विशेष प्रयोगात्मक कार्यक्रम "द फर्स्ट २१० एक्सपिरियन्स" सफलतापूर्वक आयोजना गरेको छ । शनिबार, जेठ ३० गते बिहान ९:०० बजेदेखि सुरु भएको यस कार्यक्रममा रोमाञ्चक अफ-रोड अनुभवका लागि एड्भेन्चर प्रेमी, राइडरहरू, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

सिजी मोटर्स प्रा. लि. नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता हो, जसले प्रविधिमैत्री र भरपर्दो मोबिलिटी समाधानहरू उपलब्ध गराउँदै आएको छ । देशभर फैलिएको हिरोको बलियो सञ्जाल र ग्राहक-केन्द्रित दृष्टिकोणका साथ हिरोले नवीन उत्पादनहरू र असाधारण स्वामित्व अनुभव प्रदान गर्दै देशभरका राइडरहरूलाई सशक्त बनाउन निरन्तर लागिपरेको छ ।

यस कार्यक्रममार्फत नेपालका मोटरसाइकल प्रेमीहरूले सल्लाघारीस्थित 'एक्सट्र्याक्स' (Xtracks) को विशेष रूपमा डिजाइन गरिएको ट्र्याक (dirt track) मा पहिलो पटक हिरो एक्सपल्स २१० को अनुभव लिने अवसर पाएका थिए । सहभागीहरूले चुनौतीपूर्ण अफ-रोड परिस्थितिहरूमा यस मोटरसाइकलको परिमार्जित कार्यक्षमता (enhanced performance), उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर-अनुकूल क्षमताहरूको स्थलगत परीक्षण (test ride) गरेका थिए ।

यस अवसरमा बोल्दै सिजी मोटर्स-हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर-केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको व्यक्त गरेको छ । परम्परागत सडकहरूभन्दा बाहिर निस्केर बहुमुखी प्रतिभा, उच्च कार्यक्षमता र अन्वेषण चाहने राइडरहरूको बदलिँदो आवश्यकतालाई पुरा गर्न हिरो एक्सपल्स २१० को विकास गरिएको कम्पनीले बताएको छ ।

"द फर्स्ट २१० एक्सपिरियन्स" मार्फत सिजी मोटर्स-हिरोले नयाँ क्षेत्रहरू पहिल्याउन र एड्भेन्चरको भावनालाई आत्मसात् गर्न चाहने राइडरहरूका लागि एक्सपल्स (Xpulse-210) ब्रान्ड नै पहिलो रोजाइको एड्भेन्चर मोटरसाइकल हो भन्ने कुरालाई पुनः पुष्टि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)