मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

यस्ता छन् उम्मेदवारसँग पाँचथरवासीका माग

ratopati.com

जिल्लाको सदरमुकामसमेत रहेको फिदिम नगरपालिका–१ मा पर्ने नाम्दु र ढोडेनी टोलका स्थानीय बासिन्दा छिटो बजार पुग्ने बाटो खुलेको देख्न चाहन्छन् । ढोडेनीबाट फिदिम–नाङ्लपा सडकसम्म नयाँ ट्र्याक खोल्नुपर्ने माग स्थानीयवासीले उठाएको धेरै भयो । यहाँसम्म मेची राजमार्गको रमितेबाट सडक पुगे पनि घुमाउरो परेपछि स्थानीयवासी बाटो ‘उल्टो’ भएको बताइरहेका छन् ।

सदरमकाम नजिकैको फिदिम नगरपालिका–२ बतासेका स्थानीयवासी बतासेबाट रमिते जोड्ने करिब पाँच किलोमिटर सडक स्तरोन्नति गरी बाह्रै महिना सञ्चालनयोग्य बनाउन माग गरिरहेका छन् । “हामी सागसब्जी बेच्न सदरमुकाम पुग्नुपर्छ । बाटो खराब हुँदा ट्याम्पोलगायत सस्तो भाडाका सवारी ल्याउन सकिन्न”, स्थानीयवासी नरेन्द्र राईले भने, “भ्यान र पिकअप ल्याउनु पर्दा सागसब्जीको पूरै दामले पुग्दैन ।” सडकको सामान्य स्तरोन्नति भए पनि पूर्ण नभएको उनीहरूको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)