६ वर्षपछि फ्रान्सेली टोलीमा फर्किए बेन्जेमा
nayapatrikadaily.com · Wed May 19 16:32:00 GMT 2021
रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जेमा ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका छन् । फ्रान्सले युरोकप २०२० का लागि बुधबार अन्तिम २६ खेलाडीको नाम सार्वजनिक गर्दा बेन्जेमा पनि परेका हुन् ।
गत वर्ष नै हुनुपर्ने युरोकप २०२० कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण यस वर्षका लागि सारिएको छ । नयाँ मितिअनुसार युरोकप २०२० आगामी ११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)