मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तराईमा बाक्लो हुस्सु, सडक तथा हवाई यातायातमा असर पर्ने

baahrakhari.com · Fri Jan 06 00:33:00 GMT 2023

काठमाडौं । अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका धेरै भू–भागमा हुस्सु÷कुहिरो लागिरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।

आज दिनभर नै तराईका धेरै भू–भागमा बाक्लो हुस्सु÷कुहिरो लाग्ने भन्दै महाशाखाले दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको जनाएको छ । उसले आवश्यक सावधानी तथा सतर्कता अपनाउन अनुरोध पनि गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)