मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी ठाउँमा हुँदैछ आज भारी वर्षा, सतर्कता अपनाउन मौसम विभागको अनुरोध

farakdhar.com · Fri Aug 25 00:26:58 GMT 2023

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ।

आज (शुक्रबार) दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोसी, मधेस, बागमती , गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, बागमती, र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा मधेस र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)