रुसी राष्ट्रपतिले भने- विश्व प्रभुत्व हासिल गर्ने पश्चिमी प्रयासमा आत्मसमर्पण गर्दैनौं, युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्छौं
nepallive.com · Thu Mar 17 00:38:00 GMT 2022
काठमाडौं- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्ने पुन: दोहोर्याएका छन्। राष्ट्रिय टेलिभिजनमा प्रसारित सरकारी बैठकमा बोल्दै पुटिनले उक्त कुरा दोहोर्याएका हुन्। उनले विश्व प्रभुत्व हासिल गर्ने पश्चिमी प्रयासमा आफूहरुले आत्मसमर्पण नगर्ने पनि बताएका छन्।
‘पश्चिमी देशहरू रुसलाई कमजोर निर्भर देशमा परिणत गर्न चाहन्छन्,’ बुधबार बैठकमा बोल्दै उनले भने,‘यसको क्षेत्रीय अखण्डता उल्लङ्घन भएको छ। रुसलाई आफू अनकुल टुक्राटुक्रा पार्न खोजिएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)