मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पर्यावरण र दिगो विकासबारे अनुसन्धान गर्न प्रमको निर्देशन

gorkhapatraonline.com · Mon Nov 28 00:48:21 GMT 2022

काठमाडौँ, मङ्सिर १२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यावरण संरक्षण र दिगो विकासका क्षेत्रमा अनुसन्धान गर्न कृषि तथा वन विश्वविद्यालय नेतृत्वलाई निर्देशन दिनुभएको छ। आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा विश्वविद्यालयको दशौँ साधारण बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिनुभएको हो।

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने अपेक्षा राज्यले गरेको छ।” विदेशबाट काठको आयात हुने तर स्वदेशको उत्पादन जङ्गलबाट उपभोक्तासम्म नपुग्ने अहिलेको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ अध्ययन गरेर सरकारलाई सहयोग गर्न पनि देउवाले विश्वविद्यालयका अधिकारीलाई आग्रह गर्नुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)