तीन जनालाई पुतलीबजार प्रज्ञा–सम्मान
gorkhapatraonline.com · Sun Jun 14 06:23:28 GMT 2026

पुतलीबजार–३ का कवि एवं समाजसेवी अनन्त श्रेष्ठलाई पुतलीबजार प्रज्ञा–सम्मानले सम्मान गरिएको छ । पुतलीबजार प्रज्ञा–प्रतिष्ठान स्याङ्जाले कला, साहित्य तथा संगीतको श्रीवृद्धिमा योगदान गरेको भन्दै सम्मान गरेको हो ।
सम्मानित श्रेष्ठले हालसम्म पाँचवटा कृति प्रकाशन गर्नुभएको छ । साहित्य, कला, पर्यटन तथा आर्थिक क्षेत्रमा योगदान गर्नुभएका श्रेष्ठले यसअघि कविता सम्मेलनमा प्रथम पुरस्कार र तिलाकुमारी सहित्य पुरस्कार प्राप्त गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)