टर्कीमाथि अस्ट्रेलियाको सानदार जित
himalpress.com · Sun Jun 14 06:23:31 GMT 2026

काठमाडौँ- विश्वकप समूह ‘डीको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० ले हराएको छ।
क्यानडाको भ्यानकुभरमा आइतबार बिहान भएको खेलमा अस्ट्रेलियाले टर्कीलाई शून्यका विरुद्ध २ गोलले जितेको हो।
२७औँ मिनेटमा इरानकुन्डाले गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए भने ७५औँ मिनेटमा कोनर मेटकाल्फले थपेको गोलसँगै अस्ट्रेलिया विजयी भएको छ।
यो जितसँगै अस्ट्रेलियाले ३ अंक जोडेर विश्वकप सहआयोजक अमेरिकासँगै समूहको शीर्ष दुईमा स्थान बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)