कतै भाँडे संक्रान्ति, कतै गावे संक्रान्तिको रौनक
ekantipur.com · Fri Aug 18 16:59:19 GMT 2023
बझाङ — भदौ संक्रान्तिलाई बझाङ जिल्लाका सबै ठाउँमा उत्सवको रुपमा मनाउने चलन छ । जिल्लामा कतै भाँडे संक्रान्ति, कतै गावे संक्रान्ति र कतै ओल्के पर्वको रुपमा भदौ १ गतेको दिनलाई हर्सोउल्लासका साथ मनाइएको छ ।
भदौ संक्रान्तिमा सबैभन्दा ठूलो उत्सव बादी समुदायमा हुने गर्दछ । सिमान्तकृत बादी समुदायले यो संक्रान्तिलाई भाँडे संक्रान्ति पर्वको रुपमा मनाउने गर्दछन् । भाँडे संक्रान्ति बादी समुदायले मनाउने सबैभन्दा ठूलो पर्व हो । भदौ महिनाको पहिलो दिनलाई जिल्लाका अन्य समुदायका मानिसहरुले गावे संक्रान्ति र ओल्के पर्वका रुपमा एक दिन मनाए पनि बादी समुदायले भने भाँडे संक्रान्ति पर्वलाई १५ दिनसम्म मनाउने गर्दछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)