साउथह्याम्पटनमाथि लिभरपुलको सहज पुनरागमन जित
onlinekhabar.com · Sat Mar 08 17:28:49 GMT 2025
२४ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज पुनरागमन जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोलअन्तरले हराएको हो ।
पहिलो हाफमा पछि परेको लिभरपुलले दोस्रो हाफमा ३ गोल फर्काएको हो । लिभरपुलको जितमा मोहमद सालाहले २ तथा डार्विन नुनेजले १ गोल गरे । साउथह्याम्पटनका लागि विल स्मलबोनले १ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)