मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिनाभनसुन, घुस नखुवाईकन काम हुनुपर्छ : मन्त्री श्रेष्ठ

gorkhapatraonline.com · Tue Dec 27 01:03:38 GMT 2022

काठमाडौँ, पुस १२ गते । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन, घुस नखुवाईकन हुने दिन सुरुवात गर्नुपर्ने बताउनुभएको छ।

मन्त्रालयमा सोमबार बेलुका पदभार ग्रहण गर्दै उहाँले भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य बन्द हुनुपर्नेमा जोड दिनुभयो। संविधान, कानुन र नियमअनुसार हुनुपर्ने काम बिनाभनसुन हुनेसमेत बताउनुभयो।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)