मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रियताबिना समुदायको पहिचान र अस्तित्व रहँदैन : प्रदेश प्रमुख शेरचन

ratopati.com

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जुनसुकै समुदायको पहिचान पनि राष्ट्रियताका कारणले मात्र रहने बताएका छन् । ‘धर्म, संस्कृति हाम्रो परम्परा : संरक्षण, संवद्र्धन युवाको अभिभारा’को नारासहित थकाली युवा परिवार नेपालको आयोजनामा बुधबारदेखि पोखरामा सुरु भएको ‘प्रथम थकाली युवा राष्ट्रिय भेला’को उद्घाटन गर्दै उहाँले युवालाई राष्ट्र हितमा काम गर्न र सामाजिक उत्तरदायित्व बहन गर्नसमेत आग्रह गरे ।

उनले भने, “राष्ट्रियताबिना कुनै पनि समुदायको पहिचान र अस्तित्व रहन्न । यदी नेपाल नै रहेन भने हामी नेपाली पनि कहाँ रहन्छौँ र ? नेपाली नै भईंदैन अनि हामी थकाली पनि रहँदैनौँ ।” प्रदेश प्रमुख शेरचनले थकालीका जनसङ्ख्या घट्दै गएकामा चिन्ता व्यक्त गर्दै सम्पूर्ण थकालीलाई एकताको सुत्रमा बाँध्नुपर्नेमा जोड दिए । उनले भने, “थकालीहरु सम्पन्नताको क्षेत्रमा अगाडि छन्, अब पहुँचको क्षेत्रमा पनि अग्रसर हुनुप¥यो ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)