पूर्वी प्रवेशद्वारमा ४० फिट अग्लो ‘घण्टाघर’
rajdhanidaily.com · Thu May 21 10:56:09 GMT 2026
झापा । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकडभिट्टास्थित देवकोटा पार्कमा पर्यटकीय आकर्षण थप्न ‘घण्टाघर’ को निर्माण सुरु गरिएको छ । रोटरी क्लब अफ काँकडभिट्टाको पहल, कोशी प्रदेश सरकार र भारतको पश्चिम बङ्गालस्थित रोटरी क्लब अफ सिलिगुडी उत्तरायणको आर्थिक साझेदारीमा यो परियोजना अघि बढाइएको हो ।
उपभोक्ता समितिमार्फत एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको घण्टाघरको नाम ‘रोटरी क्लब टावर’ राखिने सहमति भएको छ । निर्माण उपभोक्ता समितिका अध्यक्ष एवं रोटरी क्लब अफ काँकडभिट्टाका अध्यक्ष उदय श्रेष्ठका अनुसार यो घण्टाघर जमिनको सतहबाट ४० फिटभन्दा अग्लो हुनेछ । घण्टाघर निर्माणको कूल लागत करिब रु ३५ लाख अनुमान गरिएको उनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)