विश्वकप : इरानकुन्डा र मेटकाल्फ चम्किँदा अस्ट्रेलियाको विजयी सुरुआत
ajakoartha.com · Sun Jun 14 06:29:00 GMT 2026

काठमाडौं- विश्वकप समूह ‘डी’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीलाई २–० गोलअन्तरले पराजित गरेको छ।
क्यानडाको भ्यानकुभरमा आइतबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले प्रभावशाली प्रदर्शन गर्दै टर्कीमाथि सहज जित दर्ता गरेको हो।
खेलको २७औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका थिए। पहिलो हाफमा प्राप्त उक्त अग्रता कायम राखेको अस्ट्रेलियाले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गर्यो।
७५औँ मिनेटमा कोनर मेटकाल्फले गोल गरेपछि अस्ट्रेलिया २–० ले अघि बढेको थियो। त्यसपछि टर्कीले खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन। यस जितसँगै अस्ट्रेलियाले समूह ‘डी’ मा महत्वपूर्ण ३ अंक जोड्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)